साउने झरी ( १-३२ साउन २०७२ )


चन्द्रमा
इन्द्रेणीको घेराभित्र
चम्किन्छि
भ्यागुतो
चन्द्रमा हेर्दै निदाउछ  –
बर्षा ऋतुको पहिलो प्रहर


झिसमिसे बिहानीमा –
गौथलिका बथानहरु
संगसंगै, छुट्टीएर
छुट्टीएर, संगसंगै
गन्तव्यमा निस्कन्छन्


खैरो बादलमा
रङ्गहरु लिप्दै
बुढीआमा
मेरो ढोका ढक्ढकाउछिन्


जगत हास्यो
जगत गायो
जगत नाच्यो –
साउनको पहिलो झरी


पुतली
खोजी हिंड्छ वनपाखा-
झुसिलिकिरा ?


ए बुढो लौरी
हिड्दा हिड्दै
बाटो पनि सकियो कि ?


चिरा परेका खेत
शान्त हल्ले खोला

हल्लिएको अन्तरे बाको मन –
मध्य बर्षा ऋतु


सिमिसिमे बर्षा-
गन्तब्य पुग्न हतारिएका
रंगीचंगी छाताहरु


साउने कुलो
कुर्लिदै
मदानी घुमाउछ-
जीर्ण‌ पानी घट्ट


साउने झरी-
अम्बाको पातको घुम ओढी
निदाएको झुसिल्किरा

के उसले सपना देख्दै होला ?


तीनबटा पानी घट्ट
लहरै, अन्न पिस्दैछ्न –
घटेरोको चटारो


बगरका ढुङ्गाहरुमा
कुदिएकाछन्
हाम्रो समयका रेखाहरु


Advertisements

What is your opinion about this blog ? comment me.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s